काठमाडौँ। नेपाल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक सेयरधनी मिरा अग्रवालको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
संस्थाले सो सेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाका विद्यमान संस्थापक सेयरधनीलाई दिएको जनाएको छ।
सो सेयर खरिद गर्न इच्छुक संस्थाको विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

