बैंकिङ कसुर मुद्दाका फरार बुद्धिमान शाही पक्राउ

काठमाडौँ। बैंकिङ कसुरका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाका पुतली बजारका बुद्धिमान शाही रहेका छन्।

उनी दुई वटा बैंकिङ्ग कसुरको मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको एउटा बैंकिङ्ग कसुरको मुद्दामा २ दिन कैद र १ लाख ६३ हजार जरिवाना र अर्कोमा एक दिन कैद र १ लाख जरिवाना तोकिएको थियो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतमा कार्यरत टोलीले उनलाई  पक्राउ गरी कैद भुक्तान, तथा जरिवाना असुलको लागि स्याङ्जा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्