गगन थापाले हारेपछि अमरेश सिंहलाई दिए शुभकामना !

काठमाडौं । सर्लाही ४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका अमरेश सिंहलाई जितको शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै सर्लाही क्षेत्रमा देखेका समस्याहरूको सम्बोधन गर्न, आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा। अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना ! मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु ।’

गगन सिंहसँग १३ हजार बढी मतले पराजित भएका हुन् । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मत ल्याएका थिए ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै