काठमाडौँ। शिखर पावर डेभलपमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। दोस्रो चरणमा सर्वसाधारणका लागि फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओ भर्ने आज शुक्रबार अर्थात् फागुन २२ गते अन्तिम दिन हो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ ल्याएको हो।
कम्पनीले १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोष र ४४ हजार ४०० कित्ता आफ्ना कर्मचारीलाई छुट्याएर १०० रुपैयाँ अंकित दरका बाँकी १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्नेछ। यस आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आइपीओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

