सहकारीको परिचयपत्र देखाएर भोट हाल्न खोजियो, दोलखामा विवाद !

काठमाडौँ। सहकारीको परिचयपत्र देखाएर भोट हाल्न खोजिएको पाइएको छ। दोलखाको कालिञ्चोक गाउँपालिका-८ कालीनाग मतदान स्थलमा विवाद भएको हो ।

मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएको र सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि विवाद भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताए ।

अहिले छलफल भइरहेको उनले बताए । मतदाता नामावलीमा नाम भएकाले अन्य परिचयत्रबाट मत हाल्न पाउने बताइए पनि सहकारी परिचय पत्रबारे केही उल्लेख थिएन । यही विषयमा विवाद भएको हो ।

मतदाता नामावलीमा नाम रहेकाले भोट हाल्न दिने गरी सहमति हुन लागेको उनले बताए ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै