काठमाडौँ। नेपाली काँग्रेस नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो जित सुनिश्चित रहेको बताएका छन्।
आम नागरिकहरु आफ्नो पक्षमा रहेकाले ७० देखि ७५ प्रतिशतसम्म मत ल्याएर जित्ने लक्ष्य राखेको बताएका हुन् ।
बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान सम्पन्न गरेपछि बोल्दै उनले जनताको अपार मया र प्रगाढ स्नेहले जित सुनिश्चित रहेको बताए । उनले मत जनताले दिने र आफू मात्रै जितको लागि योग्य उम्मेदवार भएको बताए ।
उनले भने, ‘७९ सालमा हाम्रो गठबन्धन थियो । अलिकति बढी क्याडरहरु, पब्लिकहरुको सपोर्ट यो लेबलको देखिँदैन थियो । अहिले ओभरह्वेल्मिङ । गाउँगाउँबाट मान्छेहरु, जनताहरु, सामान्य नागरिकहरुको ओभरह्वेल्मिङ सपोर्ट देखिन्छ हाम्रो पक्षमा । हैन अब जित्ने हार्ने भन्ने कुरा त इलेक्सन हो तर अब जनताको अपार माया, प्रगाढ स्नेहका कारणले गर्दाखेरि मलाई विश्वास के छ भने हामी दुई तिहाइदेखि ७०-७५ पर्सेन्ट सम्मको मतको टार्गेटमा छौँ । जित त निश्चितै छ नि । भोट जनताले दिने हो, उम्मेदवार म हो, अनि कसले जित्छ त ? यहाँका जनताले सबैले माया गर्नुभएको छ, जितिहालिन्छ । चिन्ता गर्नु पर्दैन ।’

