PRABHU BANK

सेन्ट्रल फाईनान्स लिमिटेडको २ वटा नयाँ शाखा सञ्चालनमा

Central Finance
  • बैंकिङ संसार
काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडलेले २ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
शाखा सञ्चालनमा आएसँगै सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहा र आसपासका बासिन्दालाई गुणस्तरिय बैंकिङ्ग सेवामा सहज पहुंच पुग्ने विश्वास कम्पनीले लिएको छ । 
यस वित्तीय संस्थाको चुक्ता पुँजी ८२ करोड ३४ लाख रुपैयाँ रहेको छ भने निक्षेप ४ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ रहेको छ । यस्तै कर्जा लगानी ३ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको काठमाडौंमा चाबहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान, सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहा गरी १२ वटा शाखामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । यसैगरी भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउन्टरबाट सेवा प्रवाह गरिरहेको छ ।
शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुंच बढाउने उद्देश्य अनुरुप धनुषाको जनकपुरमा थप शाखा खोल्ने प्रकृया अन्तिम चरणमा रहेको पनि फाईनान्सले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै