चुनावमा भोट दिन बैंकरहरू पनि बिदामा बस्दै, मागे थप बिदा !

काठमाडौँ। बैंकका कर्मचारीहरु चुनावमा भोट दिन आफ्नो गाउँ जान बिदा लिन थालेका छन् । ३ दिन सरकारले बिदा दिए पनि थप बिदा लिएर गाउँ जान बिदा लिनेहरु बढेका हुन् ।

फागुन २०, २१ र २२ गते बैंक बिदा हुने भएपछि बैंकका कर्मचारीहरु चुनावमा भोट दिन आफ्नो गाउँ जाने भएका हुन् । यता विभिन्न बैंकका कर्मचारीहरुले बैंकबाट बिदै लिएर पार्टीको प्रचार प्रसारमा लागेको पाइएको छ । परिवर्तनको समयमा जागिर मात्र महत्वपूर्ण नभएको भन्दै उनीहरु निर्वाचनमा होमिएका हुन्।

निर्वाचन आयोगको सिफारिसमा सरकारले ३ दिन सार्वजनिक बिदा दिने भएपछि बैंकहरु ३ दिन निरन्तर बिदा हुने भएको हो ।

१९ गते तराईमा होलीको र २३ गते शनिबार थप विदा छ । २४ गते पनि बैंकहरुमा महिलालाई नारी दिवसको बिदा छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै