काठमाडौँ। लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले २० हजार २९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी सेयर बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौँमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थापक सेयरधनीहरूमा सेयर विक्री गरिने बैंकले जनाएको छ ।


