काठमाडौँ। सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरको लकइन अवधि सकिने भएको छ। लघुवित्तको २ लाख ४ हजार ५०० कित्ता सेयरको लकइन अवधि आगामी चैत ४ गते सकिने भएको हो ।
संस्थाको संस्थापकतर्फको २ लाख ३ हजार कित्ता र कर्मचारीतर्फको १ हजार ५०० कित्ता सेयरको लकइन अवधि सकिने भएको हो। साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भएर सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको हो।
साविक विपिडब्लु लघुवित्तले २०७९ फागुन १८ देखि २३ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरी चैत ३ गते बाँडफाँड गरेको थियो। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक र कर्मचारीतर्फको सेयर लकइनमा राख्न निर्देशन भए बमोजिम उक्त सेयर हालसम्म लकइनमा रहेका हुन्।
लकइन अवधि सकिएपछि सो सेयर कारोबार गर्न सकिनेछ।
जसमा कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरू तथा व्यवस्थापन तहका कर्मचारीहरूले भने अवकाश पाएको मितिले १ वर्षसम्म सो शेयर खरीद बिक्री गर्न नपाइने कम्पनीले जनाएको छ।

