काठमाडौँ। स्रोत नखुलेको नगदसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लखिमपुर बस्ने ३० वर्षीय योगेश कुमार रहेका छन्।
प्रहरीले कैलालीको टीकापुर ९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख २३ हजारसहित कुमारलाई पक्राउ गरेको हो ।
उनी आइतबार साँझ पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यु.पी. ३१ बि.एफ. ७१६१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनलाई नगद सहित पक्राउ गरेको हो।
हाल प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ।

