काठमाडौँ। गणपति लघुवित्त वित्तीय संस्थाकाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। संस्थाकाे शाखा कार्यालय नवलपुर सर्लाहीले आयोजना गरेको एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ २४ गते शनिबारका दिन हरिवन नगरपालिका वडा नं. ०४ का वडाध्यक्ष केशव राज थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हो ।
संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा नवलपुर अनुगमन कार्यालयका अनुगमन अधिकृत दिपक माझीले गरेका थिए ।
साे क्रममा वित्तीय साक्षरता, यसकाे महत्त्व सहित आम्दानी, खर्च र वचतकाे व्यवस्थापन, कर्जाकाे महत्त्व लगायतका बिषयमा सहभागीलाई जानकारी गराईएकाे थियाे । उक्त कार्यक्रममा शाखा कार्यालय नवलपुर अन्तर्गत संचालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गर्ने मध्ये वर्षका ३ उत्कृष्ठ व्यवसायिक ग्राहकलाई समेत कदर पत्रद्धारा सम्मान गरिएकाे थियाे ।
करिब ५९ जना ग्राहक सदस्यहरुकाे सहभागिता रहेकाे वित्तीय साक्षरता कार्यक्रमकाे अध्यक्षता केन्द्र नं. १४९ कि प्रमिला देवीले गरेका थिए । उक्त कार्यक्रमकैबीचमा सहभागीहरुलाई शाखा प्रबन्धक सुभाष कुमार चाैरसियाले सरफ बनाउने सिपमुलक तालिम पनि प्रदान गरेका थिए ।

