फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले १ लाख ६० हजार ८९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

लघुवित्तले ४ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ६० हजार ८९६ कित्ता संस्थापक सेयर माघ २५ गतेदेखि बिक्रीमा राखेको हो। सेयरको न्युनतम प्रतिकित्ता मूल्य २८० रुपैयाँ रहेको छ।

विद्यमान संस्थापक सेयरधनीलाई उक्त सेयर खरिदका लागि पहिलो प्रथामिकता दिइने छ।

सेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालय ज्ञानेश्वमा आफुले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै