काठमाडौँ । डडेल्धुराको माटोबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका युवा नेता नैनसिंह महरलाई जिताउन विश्वभर छरिएर रहेका नेपालीहरू एकताबद्ध भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार महरको पक्षमा माहोल सिर्जना गर्न विधिवत रूपमा ‘विश्वव्यापी नैनसिंह महर जिताऔँ अभियान’ को घोषणा गरिएको हो ।
विपक्षी उम्मेदवारहरूको चर्चा सीमित स्थानमा भइरहँदा नेता महरको पक्षमा भने भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, जापानदेखि खाडी मुलुकसम्म रहेका नेपाली जनसम्पर्क समितिहरूले एकसाथ ‘क्याम्पेन’ सुरु गरेका हुन् । ३५ भन्दा बढी देशबाट एकसाथ अपिल नेपाली जनसम्पर्क समिति विश्व सञ्जालको अगुवाइमा सुरु भएको यो अभियानअन्तर्गत ३५ भन्दा बढी देशमा रहेका डडेल्धुराबासी र शुभचिन्तकहरूले ‘टेलिफोन अभियान’ सुरु गरेका छन् । ‘यो एउटा चुनाव मात्र होइन, डडेल्धुराको भविष्य र शेरबहादुर देउवाको विरासत जोगाउने लडाइँ हो ।’
जनसम्पर्क समिति अमेरिकाका एक प्रतिनिधिले भर्चुअल माध्यमबाट भने, ‘हामी सात समुद्र पारि भए पनि हाम्रो मन डडेल्धुरामा छ । परीक्षण गरिएका होइन, प्रमाणित नेतृत्व नैनसिंह महरलाई जिताउन हामीले ‘एक व्यक्ति, दश कल’ अभियान चलाएका छौँ ।’ प्रवासको सन्देश: ‘विकासको ग्यारेन्टी महर नै हुन्’ विश्वभरका नेपालीले नैनसिंह महरलाई ‘विकास र विश्वासको प्रतीक’ का रूपमा उभ्याएका छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजित भेलाले ‘प्रवासको चाहना, नैनसिंह महरको नेतृत्व’ भन्ने नारा पारित गरेको छ । विशेष गरी नेविसंघको नेतृत्वमा रहँदा शैक्षिक आन्दोलन र युवाहरूको पक्षमा महरले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्रवासका युवाहरूले डडेल्धुराका मतदातालाई भिडियो सन्देशमार्फत अपिल गरिरहेका छन् ।
डडेल्धुरामा उत्साहको सञ्चार विश्वभरबाट महरको पक्षमा समर्थन ओइरिएपछि डडेल्धुराको स्थानीय राजनीतिमा उत्साह थपिएको छ । ‘हाम्रा छोराछोरी जो विदेशमा छन्, उनीहरूले नै फोन गरेर नैनसिंह महरलाई भोट हाल्नुपर्छ, उहाँले मात्र डडेल्धुराको मुहार फेर्न सक्नुहुन्छ भनेका छन् ।’, अमरगढीका एक स्थानीयले भने । ‘ग्लोबल सपोर्ट’ले विपक्षी निरिह रास्वपा लगायतका दलहरूले सीमित क्षेत्र र सामाजिक सञ्जाललाई आधार बनाए पनि काँग्रेस उम्मेदवार महरको पक्षमा देखिएको ‘ग्लोबल वेभ’ ले विपक्षीहरूको मनोबल कमजोर बनाएको विश्लेषकहरू बताउँछन् ।

