डिप्रोक्स लघुवित्तद्वारा प्रशंसापत्र वितरण

काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्रशंसापत्र प्रदान गरेको छ । आफ्नो संस्था स्थापना दिवसको अवसरमा २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सदस्यका छोरा-छोरीहरुलाई नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गरेको हो ।

वित्तीय संस्थाका देशभर रहेका १५८ वटै शाखा कार्यालय मार्फत एकैसाथ सञ्चालन गरिएको यस प्रोत्साहन कार्यक्रम अन्तर्गत शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको हो । पुरस्कृत विद्यार्थीहरुले संस्थाको सहयोगले थप हौसला प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।

शिक्षा क्षेत्रमा लगानी र प्रोत्साहन गर्र्दै आएको डिप्रोक्स लघुवित्तले विद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र अध्ययनप्रतिको लगनशीलता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

शिक्षा, वित्तीय समावेशिता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउदै आएको डिप्रोक्सले भविष्यमा पनि यस्ता प्रोत्साहनमुलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै