एभरेष्ट बैंकको नाफा बढ्यो, ६ महिना बैंकले कमायो २ अर्ब ११ करोड ७१ लाख, प्रतिसेयर आम्दानी ३०.८६ रुपैयाँ कायम !

काठमाडौँ। एभरेष्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमास (साउन-पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।

जसअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिसम्म बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अहिलेको नाफा २.०४ प्रतिशतले बढेको छ।

समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा ३ अर्ब १७ करोड १६ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३ अर्ब १० करोड ७६ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा २.०६ प्रतिशतले बढेको छ। बैंकले ४ अर्ब ५७ करोड २९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। बैंकको ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेको छ।

त्यस्तै, चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ, रेटिन्ड अर्निङ ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ र रिजर्भमा १४ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ रहेको छ। समीक्षा वर्षसम्म बैंकले ३ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ०.६८ प्रतिशतमा पुगेको छ भने बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३०.८६ रुपैयाँ कायम भएको छ भने पीई रेसियो २१.३९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३५.१५ रुपैयाँ रहेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै