मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले  ८० हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले संस्थापक सेयरधनी नवराज थापाको नाममा रहेको ८१ हजार ३८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। उक्त सेयर खरिदका लागि पहिलो प्रथामिकता कम्पनीको संस्थापक सेयरधनीलाई दिनुपर्ने कम्पनीले जनाएको छ।

यो सेयर खरिद गर्न इच्छुक कम्पनीको विद्यमान संस्थापक सेयरधनीले यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा कम्पनीको केन्द्रिय कार्यालय थापाथली काठमाडौँमा आफूले खरिद गर्ने सेयर संस्था खुलाई आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्