काठमाडौँ। दुर्गा प्रसाईं र सरकारबीच लघुवित्तको १ लाख भन्दा मुनिको ऋण मिनाहा गर्ने सहमति भएको छ। सहमति भएपनि लघुवित्तकर्मीहरुले भने सो ऋण मिनाहा गर्न नसकिने बताएका छन् ।
सरकार र प्रसाईंको अभियानबीच भएको सम्झौतापछि देशभर ऋण मिनाहाको बहस चलिरहेका बेला लघुवित्तकर्मीहरुले यस्तो बताएका हुन् ।
यता वार्ता समितिका सदस्य देवी संग्रौलाले भने कुनै पनि हालतमा १ लाख रुपैयाँ मुनिका लघुवित्तका ऋण मिनाहा हुने र यसका लागि सरकारले सहमति नै गरिसकेको दाबी गरेका छन् ।

