बालेनलाई बैंकका दर्जनौं कर्मचारीको साथ

काठमाडौँ। झापामा बालेन आउने भएपछि उनको चुनावी कार्यक्रममा सहयोग गर्न भन्दै बैंकका दर्जनौं कर्मचारीले बिदा मागेका छन् ।

बालेन शाह प्रधानमन्त्री भए देश यसै बिकास हुने र बैंकरका समस्या पनि समाधान हुने भन्दै उनीहरुले चुनावी प्रचार प्रसारका लागि बिदा मागिरहेका हुन् ।

कतिपय बैंकका कर्मचारीको बिदा स्वीकृत भएको छ भने काँग्रेस एमाले समर्थित सिइओ भएका बैंकले बिदा दिन इन्कार गरेका छन् । जनकपुरमा बालेन र रविको भाषण सुन्न त्यहाँका अधिकांश बैंक शाखाका कर्मचारी पुगेको पाइएको छ ।

सोमबार सार्वजनिक बिदासमेत परेकाले बैंकका थुप्रै कर्मचारी रवि र बालेनको भाषण सुन्न त्यहाँ पुगेको पाइएको हो ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै