कर्णाली डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बन्ने दिशामा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंक अब राष्ट्रियस्तरको विकास बैंक बन्ने दिशामा अघि बढेको छ। राष्ट्र बैंकबाट खटिएको व्यवस्थापन टोलीले बैंकको पुनर्संरचना गर्दै चुक्ता पुँजी वृद्धि गर्ने प्रक्रिया अघि बढाएसँगै बैंक राष्ट्रियस्तर उन्मुख देखिएको हो।

कर्णाली डेभलपमेन्ट बैंक फागुन ६, २०६० मा नेपालगञ्ज, बाँकेमा स्थापना भएको थियो । ग्रामीण तथा शहरी दुबै क्षेत्रका विकासशील समूहलाई बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले यो बैंक दर्ता  भएको हो। बैंकले बचत तथा चालु खाता, ऋण सुविधा, एटीएम, मोबाइल तथा अनलाइन बैंकिङ जस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको थियो र करिब १९ शाखा कार्यालयमार्फत आफ्ना ग्राहकहरूसँग जोडिएको छ।

तर, पछिल्ला वर्षहरूमा बैंक वित्तीय कठिनाइमा परेको र त्यसको अवस्था निकै समस्याग्रस्त बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले बैंकलाई न्यूनतम पुँजी अनुपात पूरा नगरेकाले, कमजोर संस्थागत सुशासन, वित्तीय अपचलन, कमजोर तरलता, निक्षेप फिर्ता गर्न नसक्ने अवस्थाजस्ता समस्या देखा परेको भन्दै यसलाई ‘समस्याग्रस्त संस्था’ को रूपमा घोषणा गरेको छ र यसको व्यवस्थापन नियन्त्रणमा लिएको छ ।

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणका केही कागजात नष्ट भएको खुलासा, कागजात नष्ट गर्नेलाई हुन्छ त कारवाही ?

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै