PRABHU BANK

कुमारी बैंक लिमिटेडको ३ वटा नयाँ शाखा सञ्चालनमा, व्यवसायको वृद्धिमा वित्तीय सहयोग प्रदान गर्ने प्रतिवद्धता

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं उपत्यका बाहिर आफ्ना ३ वटा नयाँ शाखाहरू औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो । 
बैंकले सुदूरपश्चिम प्रदेशको बझाङ्गस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजबिराज तथा प्रदेश १ को इलामस्थित फिक्कलमा नयाँ शाखा सञ्चालमा ल्याएको हो ।
नयाँ शाखा कार्यालयमार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।
विगत २० वर्षदेखी आफ्ना देशव्यापी शाखा संजाल, एटिएम, विस्तारित काउन्टर र शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै बैंकको निक्षेप १ सय २२ अर्ब रुपैयाँ र कर्जा लगानी १ सय १५ अर्ब रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै