‘बैंकबाट ऋण लिनुहोस्, जिम्मेवार रूपमा उपयोग पनि गर्नुहोस्’

काठमाडौँ। नेपाल राष्ट्र बैंकले पुस २२ गते एक सूचना जारी गर्दै बुद्धिमानी निर्णय लिएर जिम्मेवार रूपमा कर्जाको उपयोग गर्न सर्वसाधारणहरूलाई आग्रह गरेको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भानिएको छ, ‘व्यवसायको उन्नति र प्रवर्द्धनका लागि एक महत्वपूर्ण साधन व्यावसायिक कर्जा हो। यस्तो कर्जा व्यावसायिक प्रयोजनहरू जस्तै मेसिनहरू खरिद गर्न, स्तरोन्नति गर्न, अद्यावधिक गर्न, व्यवसाय विस्तार गर्न वा व्यापार र व्यवसायमा नयाँ अवसरहरू सिर्जना गर्नका लागि लिने गरिन्छ। तर, पर्याप्त तयारीविनानै त्यस्तो कर्जा लिइयो भने त्यो बोझ बन्न सक्छ।’

राष्ट्र बैंकले व्यावसायिक कर्जा विलासिता प्रयोजनमा प्रयोग गर्नु कर्जाको दुरूपयोग गर्नु हो भनेको छ। कर्जालाई सही ठाउँमा लगानी गरेर आर्थिक अनुशासन कायम राख्दै आफ्नो र परिवारको वित्तीय छवि उज्यालो बनाउनुपर्ने बताएका हुन् । सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्