काठमाडौँ। साना किसान विकास लघुवित्त वित्तीय संस्थाले नयाँ सिइओ पाएको छ। लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बासु अधिकारी नियुक्त भएसँगै कम्पनीले नयाँ सिइओ पाएको हो।
कम्पनीको पुष १ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।



