काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । संस्थाको मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १२.५० प्रतिशत नगद लाभांश रहेको छ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।



