DISH HOME

वाणिज्य बैंकहरुबाट १ खर्ब २३ अर्ब बढी सेयर कर्जा प्रवाह !

काठमाडौँ। वाणिज्य बैंकहरुको सेयर लोन बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को पहिला ४ महिनासम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले १ खर्ब २३ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ सेयर लोन प्रवाह गरेका छन्।

बैंकहरुले गत आर्थिक वर्ष २०८१-८२ को कात्तिकसम्म ८५ अर्ब ९१ करोड १४ लाख रुपैयाँ शेयर लोन दिएका थिए। यो हिसाबले समीक्षा अवधिमा बैंकहरुले प्रवाह गरेको शेयर लोन अघिल्लो वर्षको तुलनामा ४३.७७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै शेयर लोन दिने बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले माछापुच्छ्रे अगाडि रहेको छ। अघिल्लो वर्षको कात्तिकसम्मको तुलनामा समीक्षा अवधिमा १७ वटा बैंकबाट गएको सेयर लोन बढेको छ। 
एनआईसी एसिया र नेपाल बैंकले सेयर लोन प्रवाह घटाएका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो शीर्षकमा कर्जा प्रवाह गरेको छैन। 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै