‘बैंकका लागि सुरक्षित कर्जा क्षेत्र सेयर बजार बन्न सक्छ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकका लागि सबैभन्दा सुरक्षित कर्जा क्षेत्र सेयर बजार बन्न सक्ने बताएका छन्। धितोपत्र बोर्ड नेपालले आयोजना गरेको ‘विश्व लगानीकर्ता सप्ताह २०२५’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मिश्रले बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीका क्रममा सेयर बजार सबैभन्दा सुरक्षित क्षेत्र बन्न सक्ने बताएका छन्। सँगै उनले बैंकबाट हुने लगानी जोखिमका हिसाबले सुरक्षित रहने पनि उल्लेख गरेका छन्।

डेपुटी गभर्नर मिश्रले सेयर बजार अत्यधिक तातिएको अवस्थालाई सरकारले नीतिगत समायोजन मार्फत नियन्त्रणमा ल्याउने गरेको पनि स्पष्ट पारेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्