सस्तो ब्याजदरमा ऋण दिँदै बैंकहरू

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूले हाल स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न थालेका छन्। बैंकिङ प्रणालीमा तरलता बढ्दै गए पछि कर्जा लगानी सुस्त भएको परिस्थिति हुँदा बैंक तथा वित्तीय संस्थाले  स्थिर ब्याजदरमै कर्जाको प्रक्रिया अघि बढाउन थालेका हुन्।

जसअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले हाल घर कर्जा सबैभन्दा कम ब्याजदरमा दिँदै आएको छ । राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो ४.८१ प्रतिशत ब्याजदरमा ७ वर्षदेखि २० वर्षको अवधिका लागि स्थिर ब्याजदरमा घर कर्जा दिँदै आएको छ ।

त्यस्तै, प्राइम कमर्सियल बैंकले भने सबै भन्दा धेरै ९ देखि ११ प्रतिशतसम्ममा घर कर्जा प्रवाह गर्दै आएको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै