PRABHU BANK

हिमालयन बैंक र बैंक अफ काठमाण्डूको पक्षमा चिनियाँ अदालतको फैसला, १ अर्व रुपैयाँ फिर्ता पाउने

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डूको पक्षमा चिनियाँ अदालतले फैसला गरेको छ । हिमालयन बैंक र बैंक अफ काठमाण्डूको ८ वर्ष अघिदेखि सीसीआरसीमा लड्दै आएको मुद्दा फैसला भएको हो । 
यी दुई बैंकको चीनको अदालतमा साढे १ अर्व रुपैयाँ बराबरको मुद्दा दर्ता भएको थियो । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चिनियाँ ठेकदार कम्पनी चाइन रेल्वे १५ ब्युरो कम्पनी (सीसीआरसी) लाई जमानतमा दिइएको दुई बैंकको साढे १ अर्व रुपैयाँ बराबरको रकम फसेको थियो । सोही रकम दुई बैंकले फिर्ता पाएको हो ।
चीनको अदालतले बैंकको पक्षमा फैसला गरी उक्त रकम फिर्ता गर्न आदेश दिएको कार्तिक २१ गते शुक्रबार जानकारी गराइएको छ । मुद्दा जितेसँगै दुई बैंकले कुल एक अर्ब ५० करोड रुपैयाँ पाउने भएका छन् । जसमध्ये हिमालयन बैंकले ६६ करोड र बैंक अफ काठमाणडूले करिब ९० करोड रुपैयाँ फिर्ता पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै