‘बैंकहरूले सकारेको धितो बिक्री गर्न नसक्दा चुनौती सिर्जना’

काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले बैंकहरूले सकारेको धितो बिक्री गर्न नसक्दा थप चुनौती सिर्जना भएको बताएका छन्।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले बैंकहरुको ध्यान सम्पत्ति व्यवस्थापन गर्नमा रहेको उल्लेख गरेका छन्। साथै, उनले बैंकिङ क्षेत्र इतिहासकै दबाबमा रहेको पनि जानकारी गराएका छन्।

अध्यक्ष उपेन्द्र पौडेलले गैह्रबैंकिङ सम्पत्ति व्यवस्थापनमा विषेश जोड दिनुपर्ने र एसेट व्यवस्थापन कम्पनी स्थापनामा जोड दिनुपर्ने जनाएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्