‘राष्ट्र बैंक नयाँ चुनौतीको सामना के कसरी गर्ने भन्ने बाटोमा छ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंक नयाँ चुनौतीको सामना के कसरी गर्ने भन्ने बाटोमा रहेको बताएका छन्।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भदौ २३ र २४ गतेका जेनजी आन्दोलन पछि मात्रै बैंकिङ क्षेत्रमा समस्या आयो भन्न नमिल्ने बताएका छन्। विगत लामो समयदेखि नै बैंकिङ क्षेत्रले चुनौतीहरू सामना गरेको गभर्नरले उल्लेख गरेका छन्।

कार्यक्रममा उनले सबैतिरबाट कडाइ गरेर बैंक वित्तीय संस्थाको स्थिति सुधार नहुने समेत जनाएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्