काठमाडौँ। एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। यही कात्तिक १२ गते बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०८२-८३ को लागि श्री जिपि राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।



