काठमाडौँ। पछिल्लो समय बैंकहरूले सुनचाँदी धितो राखेर ग्राहकहरूलाई ऋण प्रवाह गर्ने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२-८३ को भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितोमा ८५ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
२०८१ असारसम्ममा सुनचाँदी धितोमा ५८ अर्ब ५९ करोड रुपैयाँ कर्जा दिएकोमा १ वर्षमा ४२.४० प्रतिशत बढेर २०८२ असारसम्ममा ८३ अर्ब २९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामै यो कर्जा ३.०२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा भने बैंक तथा वित्तीय संस्थाको समग्र कर्जा ८.४ प्रतिशतले बढेको थियो।


