काठमाडौँ। नेपाल एसबिआई मर्चेण्ट बैंकिङका सेयरधनीको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालय, कमलादी, काठमाडौँमा सम्पन्न भएको हो।
सभाले कम्पनीको आव २०८१-८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८२ को वासलात, आव २०८१-८२ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । कम्पनीका सेयरधनीलाई चुक्ता पुँजीमा २५ प्रतिशतका दरले पाँच करोड रुपैँया बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त साधारणसभाले आव २०८२-८३ को कम्पनीको लेखापरीक्षण गर्नका लागि मेशर्स एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।