DISH HOME

ग्लोबल आइएमई बैंकले लाभांश वितरण गर्ने

काठमाडौँ। ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८१-८२ का लागि लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदनगरी सेयरधनीहरुलाई वितरण गरिनेछ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै