निजी विमान कम्पनीहरूले चाडपर्वको भीडभाडलाई लक्षित गरी काठमाडौँ–धनगढीको भाडा सामान्य अवस्थामा लिइने रु ७,९०० बाट बढाएर दुई गुणाभन्दा बढी पुर्याएपछि त्यसको मारमा बैंकरहरु पनि परेका हुन् ।
उनीहरुले दशैंमा हवाई टिकटमै महिनाभरको तलव सकिएको भन्दै पाएको थप एक महिनाको बोनसले दशैं मनाउन नै नपुगेको गुनासो समेत गरेका छन् । आइतबार नै अफिस जानुपर्ने भएकाले र शनिबारसम्म मौसमका कारणले बाटो खराब भएको भन्दै अधिकांस यात्रुहरु हवाईमार्गबाट नै यात्रा गर्न बाध्य बनेका छन् ।