काठमाडौँ । नबिल बैंकका पूर्व सीइओ अनिल केशरी शाहले एक हजार र पाँच सय रुपैयाँको नोट ब्याण्ड हुनुपर्ने बताएका छन् । आफ्नै पोडकाष्टमा केहि मुर्धन्य व्यक्तित्वहरुसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन् ।
डा. बाबुराम भट्टराई, पत्रकार दिलभूषण पाठकजस्ता व्यक्तिहरुसँगको पोडकाष्टमा उनले यस्तो बताएका हुन् ।
उनले निर्वाचनमा जाने बढी पैसा रोक्न पनि यस्तो नोटबन्दी आवश्यक रहेको बताएका छन् । कोहि नेताले १० करोड रुपैयाँ क्यास घरमा राखेको प्रसङ्ग डा. बाबुराम भट्टराईले उठाएपछि शाहले जनताको घरमा १० लाख रुपैयाँ पनि क्यास नहुने बताउँदै १००० र ५०० को नोट ब्याण्ड हुनुपर्ने बताएका हुन् ।
शाह नेपाल बैंकर्स संघका पूर्व अध्यक्षसमेत हुन् । आफ्नो जीवनकालको २५ बर्ष बढी बैंकिङमा बिताएका उनलाई चुनावका बेला कसरी पैसा सर्कुलेट हुन्छ भन्ने राम्रोसँग थाहा छ ।