DISH HOME

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्वारा मर्जर कमिटी गठन

काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मर्जर कमिटी गठन गरेको छ। लघुवित्तले तीन सदस्यीय मर्जर तथा प्राप्ति कमिटी गठन गरेको हो ।

उक्त कमिटी संस्थाका सञ्चालक लक्ष्मणप्रसाद जैसीको संयोजकत्वमा गठन गरिएको हो । सो कमिटीको सदस्यमा सञ्चालक युवराज क्षेत्री र सदस्यसचिवमा प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेका छन्।

अन्य लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक छलफल तथा गृहकार्य गर्नका लागि मर्जर कमिटी गठन गरिएको संस्थाले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै