काठमाडौँ । एनआईसी एशिया बैंकको कामु सीइओमा सन्तोष राठी नियुक्त भएका छन् । पाएसम्म बाहिर बाट सीइओ ल्याउने र नपाए उनैलाई सीइओको जिम्मा दिनेगरी उनलाई बैंकले कामु सीइओ बनाएको हो ।
राठी बैंकभित्र आफैंमा विवादित पात्र हुन् । यसअघि बैंकका सिनियर डेपुटी सीइओ सुधिरनाथ पाण्डेलाई बैंकबाट निकाल्न महत्वपूर्ण भूमिका खेलेको आरोप लागेका उनी बैंकभित्र अन्य गैरकानुनी काममासमेत संलग्न रहेको आरोप लाग्दै आएको छ । अरु सीइओ नपाए उनैलाई बैंकको सीइओ बनाउने तयारी छ ।
बैंकले एक पटक हाल कुमारी बैंकको डेपुटी सीइओ रहेका सुधिर नाथ पाण्डेसँग पनि कुरा गर्ने, उनले माने उनैलाई सीइओ बनाउने तयारी गरेको बुझिएको छ । ज्ञानेन्द्र ढुंगाना लगायतसँग पनि कुरा गर्ने तर कोहि नआए राठीलाई नै सीइओ बनाउने तयारीमा बैंक रहेको बुझिएको छ ।