काठमाडौँ । एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले अन्तत: राजिनामा दिएका छन् । उनले आजै बैंकको सीइओ पदबाट राजिनामा दिएका हुन् ।
न्यौपानेको राजिनामा आशन्न बोर्डले स्वीकृत गर्नेछ । बैंकले बिहीबार नै उनको राजिनामा स्वीकृत गरेर सन्तोष राठीलाई सिइओ बनाउने तयारी गरेको बुझीएको छ।