बैंकिङ क्षेत्रमा सुस्तता: गैरबैंकिङ सम्पत्ति १ करोड २० लाखले बढ्यो !

काठमाडौँ। नेपालको बैंकिङ क्षेत्र अहिले कठिन परिस्थितिमा रहेको छ। चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना साउनमा खराब कर्जा असुलीको सुस्त प्रगति कारण बैंकहरूको गैरबैंकिङ सम्पत्ति १ करोड २० लाख रुपैयाँले बढेर कुल ५० अर्ब ५६ करोड २० लाख रुपैयाँ पुगेको हो।

यसका कारण बैंकहरूको लागत बढिरहेको छ र कर्जा विस्तार हुन नसक्दा अधिकतर बैंकहरूका लागि परिस्थितिहरु जटिल बनेका छन्। नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार वाणिज्य बैंकहरूमा औसत खराब कर्जा ४.४४ प्रतिशत, विकास बैंकहरूमा ५.०३ प्रतिशत र फाइनान्स कम्पनीहरूमा ११.०५ प्रतिशत पुगेको छ।

खराब कर्जाको कारण गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ। जसमा फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ७ करोड रुपैयाँ र विकास बैंकहरूको ४ अर्ब ६८ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल गैरबैंकिङ सम्पत्ति ५० अर्ब ५५ करोड १० लाख रुपैयाँ थियो। यस वर्ष पनि सोही प्रवृत्ति जारी रहेको छ। वाणिज्य बैंकहरूमा ४२ अर्ब ८० करोड रुपैयाँ र विकास बैंकहरूमा ४ अर्ब ६८ करोड ६० लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति भएको छ।

हालको अवस्थामा बैंकहरूको कर्जा माग सुस्त रहेका कारण बैंकिङ क्षेत्रमा थप दबाब सिर्जना भइरहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्