विकास बैंकहरुले कमाए करिब ८० करोड नाफा, मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा धेरै !

काठमाडौँ। राष्ट्रियस्तरका विकास बैंकहरुले करिब ८० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना साउनमा राष्ट्रियस्तरका विकास बैंकहरुले ७९ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

अघिल्लो वर्ष २०८१-८२ को साउनमा यी बैंकहरुले ७४ करोड २७ लाख रपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यी बैंकहरुको नाफा ७.६० प्रतिशतले बढेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५ वटा बैंकको नाफा बढेको छ भने ३ वटाको घटेको छ।

सो समयमा सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले लुम्बिनी विकास बैंक रहेको छ। चालु आर्थिक वर्षको साउनमा मुक्तिनाथ विकास बैंकले १५ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा मुक्तिनाथले १६ करोड ९६ लाख रुपैयाँ कमाएको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ७.२८ प्रतिशतले घटेको छ।

यता दोस्रोमा सबैभन्दा धेरै नाफा कमाउने गरिमा विकास बैंक रहेको छ। गत आर्थिक वर्षको साउनमा गरिमाले ९ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ४१.५९ प्रतिशतले बढेर १३ करोड ३९ लाख रपैयाँ कमाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्