काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि वर्किङ भिसा बन्द गरेसँगै सो देशको बैंकमा काम गर्नकै लागि नेपालको बैंक छोडेकाहरुलाई मर्का परेको छ । सोमबारदेखि भिजिट भिसा बन्द गरेको यूएईले मंगलबारदेखि वर्किङ भिसा समेत रोक्दा त्यहाँ बैंकमा काम गर्न जानेहरुलाई मर्का परेको पाइएको हो ।
पछिल्लो समय नेपालबाट विशेषगरी दुबईमा गएर काम गर्ने बैंकरहरुको संख्या ठुलो देखिँदै आएको छ । नेपालमा जारी जेन-जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटनाको अनुसन्धान सुरु भएको र जेलबाट कैदी भागेपछि यूएईले यस्तो कदम चालेको जनाइएको छ ।
पछिल्लो समय नेपालीहरू सबैभन्दा बढी भिजिट भिसामा यूएई पुगेका थिए। तर, अब बैंकिङ क्षेत्रका सीपयुक्त कामदारले पनि अवसर गुमाउने स्थिति बनेको छ।