DISH HOME

जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा आगो लाग्दा बैंकसम्बन्धी मुद्दाका मिसिल जले, प्रक्रिया लम्बिने !

काठमाडौँ। नेपालमा भइरहेको जेनजी आन्दोलन को क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा त्यहाँ रहेका विभिन्न बैंकसम्बन्धी मुद्दाका महत्वपूर्ण मिसिलहरू जलेका छन्।

आगलागीमा ऋण असुली, लिलामी प्रक्रिया, तथा बैंकहरूसँग प्रत्यक्ष जोडिएका सयौँ मुद्दाका कागजात नष्ट भएका छन्। ती मिसिल नष्ट भएपछि मुद्दा प्रक्रिया अघि बढाउन निकै कठिनाइ हुने देखिएको छ।

अदालतले केही अभिलेख डिजिटल प्रणालीमा रहे पनि धेरैजसो कागजात भने भौतिक रूपमा मात्र सुरक्षित भएकाले पुन:प्रक्रिया अघि बढाउन समय लाग्ने बताइएको छ। यसले हजारौं मुद्धाहरु प्रभावित बनेका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै