DISH HOME

गभर्नर पौडेलले भने ‘आजसम्म कसैको एक रुपैयाँ खाएको छैन, मेरो घर फुटाउनेहरुको भलो होस्’

काठमाडौँ । प्रदर्शनकारीले आफ्नो दुईवटा घर फुटाईदिएपछि गभर्नर डा. विश्व पौडेलले आफ्नो घर फुटाउनेहरुको भलो होस् भन्दै स्ट्याटस लेखेका छन् । उनले आफ्नो बाल्यकाल कोट्याउँदै आजसम्मकसैको एक रुपैयाँ पनि नखाएको भन्दै आफ्नो घर फुटाउनेहरुको भलो होस् भनेका छन् ।

आफ्नो घर फुटाएको भिडियो सेयर गर्दै उनले लेखेका छन्

भिडियोमा शुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षिय बुढि आमाको सुत्ने कोठा हो। वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो।

यो मेरो गाउँको घर हो। गभर्नर भएपछि पनि हरेक हफ्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे। बा ले लगभग १५ वर्ष अघि म बिद्यार्थि छँदानै बनाएको घर हो।
अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो।केहि अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्नकि जस्तो भएकोमा अहिले सन्चो हुदैथियो। ६७ वर्ष अघि चितवन झर्नुभएका बा का सबै सन्तान यहि जन्मेका हुन।
जिन्दगिमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधै कक्षामा फस्ट हुन्थे। गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएँ। बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ।
मेरो रिस मेरो भैसेपटिको घर जलाएर नपुगि मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथिहरुको फलोस् फुलोस।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै