काठमाडौँ । देशभरका बैंकहरु बुधबार पूर्ण रुपमा बन्द हुने भएका छन् । आकस्मिक सेवा भनिए पनि पछिल्लो अवस्थालाई ध्यानमा राख्दै बैंकर्स संघले यस्तो निर्णय गरेको हो । राष्ट्र बैंकले सोका लागि अनुमति दिईसकेको छ ।
अराजक भीडले ऋणसम्बन्धि कागजात जलाउनुपर्छ भन्दै धम्की दिन थालेपछि संघ यस्तो निर्णयमा पुगेको हो ।
अवस्था राम्रो भए बिहिबारदेखि बैंक खोल्ने तयारी संघको छ ।