prabhu

राष्ट्रिय वाणिज्य बैंकबाट नगद बोकेर भाग्ने पुरुष स्थानीयको सहयोगमा पक्राउ

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकबाट नगद चोरेर भाग्ने क्रममा एक पुरुष स्थानीयवासीको सहयोगमा पक्राउ परेका छन् ।

बैंकभित्रै पैसा पोको पारेर भाग्न खोज्दा स्थानीयले उनलाई तत्काल समातेका थिए । पक्राउ परेका पुरुषले बैंकबाट पैसा लुटेको स्वीकारेका छन् ।

हाल उनी प्रहरी हिरासतमा रहेका छन् भने प्रहरीले उनको साथबाट बरामद भएको एक झोला पैसा नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार राती बैंकमा लुटपाट भएको थियो । सो लुटपाटमा संलग्नमध्ये केहिलाई नेपाली सेनाले नियन्त्रणमा लिईसकेको छ ।

बैंकको सो शाखामा आगजनी हुँदा महत्वपूर्ण कागज र पैसा जलेका छन् ।

क्षतिको थप विवरण आउन बाँकी छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै