काठमाडौँ। काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा कतिपय बैंकका जेनजी कर्मचारीहरुले कामबाट बिदा नै मागेर पुगेको पाइएको छ ।
उनीहरुले बैंकको काम भन्दा राष्ट्र प्यारो भएको भन्दै आफुहरु पनि सो प्रदर्शनमा आएको बताएका छन् ।
भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको पाइएको छ । जेनजीको आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीआईपी क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरिसकेको छ।