काठमाडौँ। विजनेश नपाएपछि मलेसियाको शाखा एनएमबि बैंकले बन्द गर्ने भएको छ। एनएमबि बैंकले मलेसियाको क्वालालम्पुरमा सञ्चालन गरेको सम्पर्क कार्यालय बन्द गर्ने भएको हो ।
बैंक सञ्चालक समितिको साउन ६ गते शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले क्वालालम्पुरमा रहेको बैंकको सम्पर्क-प्रतिनिधि कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।