नबिल बैंकबाट मुत्तुट फाइनान्स बाहिरिंदै

काठमाडौँ। भारतीय वित्तीय संस्था मुत्तुट फाइनान्स लिमिटेड नबिल बैंकबाट बाहिरिने भएको छ। नबिल बैंकमा रहेको आफ्नो सेयर बेचेर भारतको कोचीस्थित मुत्तुट फाइनान्स बाहिरिन लागेको हो ।

सो फाइनान्सको नाममा रहेको नबिल बैंकको ११ लाख ९८ हजार ५३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। सेयर खरिदका लागि हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन पाउँछन्। जसका लागि ३५ दिनको म्याद दिइएको छ।

इच्छुक संस्थापक से यरधनीले काठमाडौंमा रहेको बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेको खण्ड अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले स्पष्ट पारेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्