काठमाडौँ। विभिन्न बैंकहरुले नेशनल लाइफ इन्स्योरेन्सबाट लिएका बीमा पोलिसीहरु धमाधम सरेण्डर गरेको पाइएको छ ।
विभिन्न बैंकहरुले कम्पनीको सेवा सुविधामाथि चित्त नबुझेपछि नेशनल लाइफबाट बीमा पोलिसी सरेण्डर गरेर अन्यत्र सार्ने गरेको पाइएको हो ।
पछिल्लो समय नेशनल लाइफ इन्स्योरेन्स नियामक नेपाल बीमा प्राधिकरणको कारवाहीमा परेपछि त्यहाँ आफ्ना कर्मचारीहरुको पोलिसी भएका बैंकहरुले बीमा सरेण्डर गर्ने तयारी गरेका छन् ।